निर्देशन पालना गर्ने पहिलो कम्पनी बन्यो सूर्या लाइफ,साईन बोर्डमा राख्यो इजाजत प्राप्त वाक्यांश

काठमाडौं, १५ पुष :

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साईन बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त”भन्ने वाक्यांश राखेको छ ।

बीमा कम्पनीहरुलाई समितिले दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ अगाडी बढिरहेको तथा सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता बोकेको कम्पनीले उक्त निर्देशन पालना गरेको बताएको छ ।

नियमनकारी निकाय बीमा समितिको मंसिर २ गतेको पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय÷प्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा साईन बोर्डमा २०७८ मंसिर मसान्तभित्र अनिवार्य रुपमा“बीमा समितिबाट इजाजत प्राप्त”भन्ने वाक्यांश राख्न निर्देशन दिएको र सोही निर्देशन बमोजिम निर्धारित अवधिभित्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम“बीमा समितिबाट इजाजतप्राप्त”भन्ने वाक्यांश सहितको नाम पेटिका राखि सकेको जनाएको छ । -इन्स्योरेन्स खबर

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै