कांग्रेस कास्कीका नेताले भने– हाम्रो ६० हजार मतको अपमान नगरियोस्

काठमाडाैं, ६ बैशाख :

नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएको छ ।

विगतमा पनि पोखरा महानगरपालिकामा कांग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न उनीहरूको आग्रह छ । कास्की कांग्रेस नेता यज्ञबहादुर थापाले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताउनुभयो ।

पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौं,’ उहाँले भन्नुभयो, ‘यसमा सभापति ज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नुभएको छ, त्यस्तो अप्रिय निर्णय आउँला भन्ने हामीले कल्पना पनि गरेका छैनौं ।’

कांग्रेसको भागमा पोखरा नपरे के गर्ने भन्ने प्रश्नमा देउवाले चित्त बुझ्दो जवाफ दिन नसकेको उहाँको भनाइ छ । ‘हाम्रो ६० हजारभन्दा बढी मत सुरक्षित छ, ६० हजार मतलाई कम मतमा भोट दिनुहोस् भन्न अप्ठ्यारो हुन्छ,’ उहाँले थप्नुभयो, ‘यो कुरा हामीले सभापति ज्यूलाई प्रष्ट्याएका छौं, यसमा म हेर्छु भन्नुभएको छ ।’

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै