सिएमसीले कोरोना अस्पताल रिफर गरेका बिरामी रातभर हिँडेर मेघौली घर फिर्ता

मेघौली, चैत्र १३ ।
पश्चिम चितवनको मेघौली स्थित तेलौली स्थायी घर भएका वर्ष २३ का एकराम महतो (नाम परिवर्तन) एक साता अघि भारतबाट घर आए । आएकै दिनदेखि उनमा ज्वरो आउँने, खोकी लाग्ने, ज्यान गल्ने जस्ता समस्या देखियो । दैनिकै जसो ज्वरो नाप्दा १०० डिग्री फरेनहाईट घटेन । त्यसपछि स्थानीय अगुवाहरुले उनलाई कोरोनाको आशंकामा भरतपुर गएर उपचार गर्न सल्लाह दिए । हिजो बुधबार दिउँसो एम्बुलेन्सको ताँजोपाँजो मिलाईयो र केही साथीभाईको सहयोगमा उनलाई चितवन मेडिकल कलेज (सिएमसी) पु¥याईयो । अस्पताल पुगेपछि साथीभाई पनि धेरैबेर संगै बस्दा संक्रमण रहेछ भने जोखिम बढी हुने भन्दै लाखापाखा लागे ।

अस्पतालमा उनले आँफु र आफ्नो स्वास्थ्य अवस्थाका बारेमा सबै बताए । त्यसपछि स्वास्थ्यकर्मीहरुले उनलाई कोरोना बिशेष अस्थायी अस्पतालका लागि रिफर गरेर एउटा कागज थमाए । लामो समय नेपाल बाहिर बसेका उनले त्यसपछि कता जाने के गर्ने मेसो पाएनन् । कोरोना अस्थायी अस्पताल कहाँ छ भन्ने पनि उनलाई थाहा रहेनछ । यातायात पनि ठप्प । धेरैतिर भौंतारिए उनी । केही मेसो नपाएपछि उनको अन्तिम बिकल्प बन्यो घर । साँझ चौबिसकोठीबाट हिँडेका उनी रातभरमा घर पुगे । रातभर बिरामी हिँडेर बिहान घर पुग्दा सबै अचम्मित भए । महतोले घरका सदस्य र स्थानियहरुलाई सबैकुरो बेलिबिस्तार लगाए । अहिले तेलौली क्षेत्रका स्थानियहरुमा अन्योल र आक्रोश दुबै छ ।

उनीहरु भन्छन् –“केहीगरी उनमा संक्रमण रहेछ भने कतिमा फैलियो होला ? यो लापरबाहीको जिम्मा कसले लिन्छ ? बरु यो बिषम परिस्थितीमा स्थानिय निकायले पो चासो दिनुपर्ने हो कि ?” उनी आँफ्नै सुरले छरछिमेक, चोक चौतारामा हिँडडुल गरेको देख्दा भरतपुर २७ तेलौलीका उनका छिमेकीहरु चिन्तित छन् ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा