चितवन, ४ असोज
युनिक बचत तथा ऋण सहकारी सँस्थाको नारायणगढ सेवाकेन्द्रको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। ०६५ सालमा पुर्वि चितवनको रत्ननगरमा स्थापना भएको यो सहकारीले जिल्लामा रहेको विभिन्न सेवा केन्द्रका छुट्टाछुट्टै बैठक, छलफल तथा साधारण सभा गर्ने क्रममा मंगलबार नारायणगढ सेवा केन्द्रको साधारण सभा गरेको हो। ०६५ सालमा २ लाख ७० हजार रुपैयाबाट स्थापना भएको युनिक सहकारीको हाल २ अर्ब ७ करोड ८० लाख ३१ हजार सम्पत्ति पुगेको छ।
यस्तै कुल १६ करोड १७ लाख १८ हजार शेयर पुँजी तथा १४ करोड ८७ लाख १६ हजार जगेडा तथा सस्थागत कोष र ६ करोड ७७ लाख ६५ हजार ऋण जोखिम कोष रहेको छ। हाल १ अर्ब ६० करोड ४५ लाख ४९ हजार बचलन तथा १ अर्ब ६३ करोड ५१ लाख ३७ हजार ऋण लगानी गरेको साधारण सभामा वित्तिय बिबरण प्रस्तुत गर्दै सहकारीका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी दिनुभयो। स्थापनाको छोटो समयमै आफुलाई अब्बल बनाउदै लगेको सहकारीले हाल टाँडिमा रहेको मुख्य कार्यलयसहित ७ वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको छ।





