‘टोकियो ओलम्पिक’ २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने

काठमाडौँ, १८ चैत : 

कोरोना भाइरसको महामारीका कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति तय भएको छ ।

जापानको न्युज एजेन्सी क्योदो न्युजले विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने मिति तय भएको जनाएको छ ।

जापानले तय गरेको नयाँ मितिमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले समेत सहमति जनाएको छ ।

यस अघि टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।

आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहने भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकमा ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको थियो । एजेन्सी

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो