शाहरुख अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै कमायो २५० करोड

काठमाडौं, ९ असोज :

भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै २ सय ५० करोड भारतीय रुपैयाँ कमाएको छ । पछिल्लो समय शाहरुख फिल्मलाई लिएर निकै चर्चामा छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी र स्याटेलाइट २ सय ५० करोड भारतीय रुपैयाँमा बेचेको बताइएको छ । जसले फिल्मले रिलिज अगावै राम्रो कमाई गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार जसमा जीटिभीले फिल्मको स्याटेलाइट राइट्स र नेटफ्लिक्सले डिजिटल राइट्स किनेको बताइएको छ ।

फिल्ममा शाहरुख र दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा रहेका छन् । निर्देशक एटली कुमारले निर्देशन गरेको यस फिल्ममा गौरी खान निर्माता रहेकी छन् ।

फिल्ममा शाहरुख दोहोरो भूमिकामा रहेका छन् भने नयनतारा प्रहरी अधिकृतको भूमिकामा देखिने छिन् । फिल्ममा शाहरुख र नयनताराका अलाव सान्या मल्होत्रा र सुनिल ग्रोवर पनि रहेको छ ।

उक्त फिल्म २ जून २०२३ मा पान इन्डिया रिलिज हुने छ । फिल्म हिन्दीका साथै तेलुगु, मलयालम, तमिल र कन्नड भाषामा रिलिज हुने समाचारमा उल्लेख गरिएको छ । -एजेन्सी ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा