राष्ट्रपति भण्डारीले भोलि सर्वसाधारणलाई टीका लगाउने

काठमाडौं, १८ असोज :

राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीको दिन भोलि बुधबार टीका र प्रसाद प्रदान गर्नुहुनेछ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यहि असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने हुनुभएको छ ।

दिउँसो ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने छन् ।

टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनरोध गरेको छ ।

 

संबन्धित शिर्षकहरु

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै