प्रेमगीत ३ ले दुई सातामा कमायो ३४ करोड

काठमाडौं, २४ असाेज :

सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको फिल्म प्रेमगीत ३ तेस्रो सातामा प्रदर्शन भइरहेको छ।

निर्माता सेनका अनुसार फिल्मले दुई सातामा विश्वव्यापी रुपमा करिब ३४ करोड रुपैयाँ कमाइ गरेको छ।

फिल्मले दुई सातामा नेपालमा ११ करोड ८१ लाख रुपैयाँ कमाएको जनाइएको छ। आइतबार सेनले आफ्नो फेसबुकमार्फत फिल्मको कमाइ सार्वजनिक गरेका हुन्।

फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख कमाएको छ भने दोस्रो साता ३ करोड ८५ लाख कमाएको हो। यो कमाइ नेपाली र हिन्दी दुवै संस्करणको हो।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै