कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

काठमाडौं, ७ कार्तिक :

नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट(एक्सबीबी) भेटिएको छ । नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो । यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै