देशभर थप ४४ संक्रमणमुक्त, १६ जना संक्रमित

काठमाडौं, ८ कार्तिक :

देशभर थप  १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४८ पीसीआर परीक्षण गर्दा १४ जना र ४४० एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ६६२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै