५ सय ५० समानुपातिक उम्मेदवारको नाम सूचीबाट हट्यो

काठमाडौं, ८ कार्तिक :

निर्वाचन आयोगले ५ सय ५० जना समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको नाम बन्द सूचीबाट हटाएको छ । आयोगले समानुपातिक निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेको बन्द सूचीमा परेका उम्मेदवारको योग्यता जाँच गरी उम्मेदवार बन्न अयोग्य व्यक्तिको नाम हटाइएको समानुपातिक निर्वाचन प्रणाली तर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो ।

कानून अनुसार उम्मेदवार बन्न उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका तथा जरिवाना नबुझाएका व्यक्तिहरूको नाम उम्मेदवारको बन्द सूचीबाट हटाइएको सचिव दुवाडीले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै