टी–२० विश्व कपमा नेदरल्यान्ड्सको पहिलो जित

काठमाडौं, १६ कार्तिक : 

आईसीसी टी–२० विश्व कप क्रिकेटमा नेदरल्यान्ड्सले जिम्बावेलाई हराएको छ । एडिलेडमा आज बुधवार भएको खेलमा नेदरल्यान्ड्सले जिम्बावेलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्यो । जिम्बावेले दिएको एक सय १८ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि म्याक्स ओडाउडले ५२ र टम कुपरले ३२ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्लेसिङ मुजरबानी र रिचार्ड नगर्भाले दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले १९ ओभरमा २ बलमा अलआउट हुँदा एक सय १७ रन बनायो । उसका लागि सिकन्दर राजाले ४० र सेन विलियम्सले २८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकेरनले तीन विकेट लिए । यो जितसँगै समूह २ को तालिकाको पुछारमा रहेको नेदरल्यान्ड्सको दुई अङ्क भएको छ । जिम्बावे भने तीन अङ्कसहित चौथौ स्थानमा छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै