मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न आवश्यक: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी ः भगवान बुद्ध र विष्णुको पस्तुर मूर्ति अनवारण एवम शिलान्यास

काठमाडौं, १८ कार्तिक :

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । आज शुक्रबार मुस्ताङको प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन समेत आग्रह गर्नुभयो । उहाँले मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै भावी पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने बताउनुभयो । ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा संघ, प्रेदश र स्थानीय तहको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभयो ।

मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा स्थलमार्ग हुँदै व्यापार विस्तारको नयाँ सम्भावना खोल्ने बताउनुभयो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै