नारायणी नदी तटबन्धनको काम सुरु

j9of] gf/fo0fL gbLdf axfa lrtjg, % ;fpgM nuftf/ tLg lbg;Dd k/]sf] jiff{kl5 j9]sf] gf/fo0fL gbLsf] axfjn] vt/fsf] ljGb' gf3of] . gf/fo0fu9 ahf/ glhs}af6 ;f]daf/ lbpF;f] b]lvPsf] gbLsf] b[Zo . t:jL/M gf/fo0f clwsf/L÷ /f;;

चितवन, २१ कार्तिक :

नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भूभागमा काम गरिँदै छ ।

असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ । अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदै छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार अर्काे एक खण्डको बोलपत्र आह्वान भएर सम्झौता यसै महिना गरिएको छ भने अर्काे एक खण्डको बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको छ । असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भएको हो । त्यसैबेलाको अर्काे एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भएको छ । तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ । तेस्रो खण्डको काम सुरु गरिएको छ । उहाँले अन्य दुई खण्डको काम छिट्टै सुरु हुने बताउनुभयो । सम्झौता भइसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाइका दरले रहेका छन् ।

गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको सात किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ । यसका लागि रु २३ करोडमा यसै महिना ठेक्का सम्झौता भएको हो । नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ । नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाइएको हो । बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाइएको छ । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकै पटक रु पाँच अर्बको काम अघि बढाइएको हो । जसमध्ये भरतपुर र नवलपरासीतर्फ दुवैतर्फ यस बजेटबाट काम हुँदैछ ।

आर्थिक वर्ष २०६६÷०६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ । गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन् । चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ ।

नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार चार सय तीन क्युविक मिटर प्रतिसेकेण्ड पानीको बहाव रहने गरेको अध्ययनले देखाएको छ । बर्सातको समयमा नदी कटान धेरै भएपछि दाहाल प्रमुख भएयता विगत पाँच वर्षदेखि नदी तटबन्धनको मुख्य एजेण्डा लिएर आउनुभएको थियो । यसै एजेण्डा अध्यक्ष दाहालले पनि प्राथमिकतामा राख्नुभएको थियो ।

सरकारका मन्त्री, सचिव र सम्बन्धित विभागका महानिर्देशकको उपस्थितिमा भरतपुर महानगरपालिकाले यो आयोजनालाई प्राथमिकतामा राखेर कार्यक्रमसमेत गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण बजेट परेको बताउनुभयो ।

यसलाई सबैको साथ र सहयोगबाट समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनका कटान समस्या सदाका लागि अन्त्य हुने उहाँको भनाइ छ । (रासस)

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै