चितवन, २१ कार्तिक :
पूर्वमन्त्री एवम् चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार विक्रम पाण्डेले भरतपुर २६ मा भएको घरदैलोको क्रममा मतदातालाई सम्बोधन गर्दै किसानको कृषि योग्य जमिनमा सिंचाई तथा मल बिऊ सहज रुपमा उपलब्ध गराउने बताउनु भएको छ ।
त्यसैले गरी पाण्डेले भन्नु भयो ”मलाई यो क्षेत्रमा रहनुभएका किसानको जीवनस्तर सुधार्न पाए पुग्छ । समुन्नत राष्ट्रका लागी सबैभन्दा पहिले किसान खुसी हुनुपर्छ ।मलाई नागरिकको जीवनस्तर सुधार्न पाए पुग्छ । बोलेर होईन गरेर देखाउने वाचा गरेको छु ।”
हजुरहरुले देखेका सपना पूरा गर्ने जिम्मेवारी मेरो पनि हो ।





