शेयर बजार सामान्य घट्याे, कारोबार रकम पनि ओरालो

काठमाडौं, २२ कार्तिक :

शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ । आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ ।

बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज कालिका लघुवित्तको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल र गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै