बिकास कोइरालाको पत्रकार भेटघाट कार्यक्रम भोलि, पछिल्लो राजनितिक घटनाक्रमबारे जानकारी दिइने

३० कार्तिक, भरतपुर ।
नेपाली काङ्ग्रेस चितवनका निलम्बित पुर्ब सभापति बिकास कोइरालाले भोलि मङ्सिर १ गते बिहिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । आसन्न निर्वाचन तथा पछिल्लो राजनितिक घटनाक्रमका बारेमा जानकारी दिने भन्दै कोइरालाले भेटघाटको कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन् । भरतपुर स्थित दियालो फुडल्याण्ड क्षेत्रपुरमा बिहान ११ बजे कार्यक्रम सुरु हुनेछ । उनले सम्पुर्ण पत्रकारहरुलाइ उपस्थित हुन सामाजिक संजाल मार्फत आह्वान गरेका छन् ।

कोइरालाले ७० सालको दोस्रो संविधान सभा निर्वाचनका बेला तत्कालिन चितवन क्षेत्र नम्बर ४ बाट पार्टी केन्द्रिय सभापती सुशील कोइराला बिरुद्ध उम्मेदवारी दिएपछि नेपाली काङ्ग्रेसले उनलाई पार्टी जिल्ला सभापतिबाट निलम्बनको कारबाही गरेको थियो ।

यता, गत कार्तिक २६ गते चितवनको भरतपुरमा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेर बहादुर देउवा समक्ष कोइराला समर्थकहरुले कारबाही फुकुवाको माग गरेपछी उनले चितवनबाट गठबन्धनलाई बिजयी गराएर पठाएमा उनको कारबाही फिर्ता हुने घोषणा गरेका थिए । कोइराला पदमा रहँदा वा नरहँदा चितवनको राजनितिमा शक्तिशाली युवा मानिन्छन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै