सप्तरी २ मा सिकेले ६ सय कटाउँदा उपेन्द्रको जम्मा ५९ मत

काठमाडौं, ५ मंसिर :

सप्तरी २ मा भएको मत गणनामा जनमत पार्टीका उम्मेदवार सिके राउतले अग्रता कायमै राखेका छन् । राउतले ६२९ मत ल्याउँदा जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले ५९ मत मात्र ल्याएका छन् ।

मत गणनाअनुसार लोसपाका उम्मेदवार जयप्रकास ठाकुरले १६९ मत ल्याएर तेस्रो स्थानमा छन् । छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको बताइएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै