भरतपुर, ९ मंसिर : पटिहानी फूटबल क्लब चितवनको आयोजनामा शुक्रबारदेखि पटिहानीमा विद्यालय स्तरीय फूटबल प्रतियोगिता शुरू भएको छ ।
भरतपुर महानगरभित्रका ३२ माध्यमिक विद्यालयका विद्यार्थी सहभागी रहेको “पिएफसी इमर्जिङ कप २०७९” आगामी मंसिर २४ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरेको थिए । क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा भरतपुर-२२ का अध्यक्ष विष्णुराज अधिकारी, भरतपुर-१४ का अध्यक्ष राजेन्द्र साँखी चितवन फूटबल क्लबका अध्यक्ष श्रीकृष्ण कार्की लगायतले मन्तव्य राखेको थिए ।
प्रतियोगितामा महिन्द्रा टेक्टर, भरतपुर महानगर पालिका लगायतले सहयोग गरेका छन् ।
प्रतियोगितामा शुक्रबार ब्राइट स्टार इंग्लिस स्कुल र श्री माध्यमिक विद्यालय गंगानगरबीचमा भएको खेलमा ब्राइटर इंग्लिस स्कुल ४-० विजयी भएको छ ।





