सुनसरी–४ बाट काँग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित

काठमाडौं, १५ मंसिर :

सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गर्नु भएको हो । कार्कीले ३० हजार ४ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

एमाले उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो । कार्की २०७४ सालमा पनि यहि निर्वाचन क्षेत्रबाट विजयी बन्नु भएको थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै