प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेटवार्ता

काठमाडौं, २९ मंसिर :

नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए । उनीहरुबीचको भेटको तस्वीर प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । प्रचण्डसँगको भेटमा ओबराय बाबुछोरा भादगाउँले टोपीमा सजिएका देखिन्छन् ।

अभिनेता ओबराय बुधबार परिवारसहित नेपाल भ्रमणमा आएका हुन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै