चनौली, ९ पुस : भरतपुर १८ स्थित मदन स्मृति सामुदायिक वाचनालयको प्रथम वार्षिक साधारण सभा शनिबार चनौलीमा सम्पन्न भएको छ ।
नेकपा एमाले वाग्मति प्रदेस कमिटी सचिव विजय सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सस्थाका सचिव देवबाहादुर तामाङले सस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मेनका रायमाझीले अर्थिक प्रतिवेदन तथा अध्यक्ष रामशरण गैरेले सस्थाको भावी कार्य योजना प्रस्तुत गरेका थिए।
उक्त अवसरमाम वाचनालय भवन निर्माणार्थ योगदान दिए वापत सस्थाका संरक्षक तथा पुर्व वाग्मती प्रदेससभा सदस्य कृष्ण भुर्तेल सल्लाहाकारहरू टेकनाथ बराल, सिध्दीप्रसाद पराजुली, निवर्तमान अध्यक्ष नारायणप्रसाद सुवेदी, बाबुराम राना, महेन्द्र गुरूङ, चुडाँमणी शर्मा उपाध्याय, लेखा संयोजक ओम प्रसाद लामिछानेलाई सम्मान गरिएको थियो ।
पुस्तकालयका अध्यक्ष रामशरण गैरेको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टुकमान गुरूङ, जिसस चितवनका सदस्य कृष्णभक्त भट्टराइ तथा सम्मानित व्यक्तित्वहरुले मन्तव्य व्यक्त गरेका थिए।





