इटालियन सिरी ‘ए’को प्रशिक्षण आगामी मेबाट सुरु हुने

काठमाडौं, १५ बैशाख : 

कोरोना भाइरस कोभिड–१९ का कारण रोकिएको इटालियन सिरी ‘ए’ को प्रशिक्षण आगामी मे बाट सुरु हुने भएको छ ।

कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेहरुको सख्यां बढ्दै गएपछि प्रशिक्षण लगायतका सबै खेल गतिविधि बन्द भएका थिए । पछिल्लो समय कोरोना सक्रंमित र मृतकको सख्यां घट्दै गएपछि इटालियन सरकारले मे १८ बाट प्रशिक्षण गर्न अनुमति दिएको हो ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले खेलाडीहरुको व्यक्तिगत प्रशिक्षण मे ४ र खेल समूहहरुको प्रशिक्षण मे १८ बाट सञ्चालन गर्न सकिने बताए ।

प्रशिक्षणको समयमा पनि सामिजिक दूरी कायम गर्न भने उनले आग्रह गरेका छन्। इटालियन फुटबल फेडेरेसनले प्रशिक्षण अघि सबै खेलाडीको स्वास्थ्य जाँच गर्न मेडिकल टोली तयारी अवस्थामा राखिसकेको जनाएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’