एपीएफलाई ४–१ गोलले हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा

काठमाडौं, २० पुस :

साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा एपीएफलाई चार–एक गोलले हराउँदै सङ्कटा उपाधि नजिकै पुगेको हो । सङ्कटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले दुईरदुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए ।

दोस्रो सेमिफाइनलमा भोलि बिहीवार अमेरिकी टोली भुटनिज युथ स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै