दोब्बर मूल्यमा सामान बेच्ने भाटभटेनी सुपर स्टोरलाई ३ लाख जरिबाना

बैशाख १६, काठमाण्डाै:

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी स्टोर टङ्गाललाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । बढी मूल्य लिएर सामान बेचेको उजुरीका आधारमा सोमबार अनुगमन गरिएको र बढी मूल्य लिएको पाइएकाले तीन लाख रुपैयाँ जरिबाना तिराएको विभागको अनुगमन शाखाका निर्देशक सागर मिश्रले जानकारी दिनुभयो ।

भाटभटेनीले एक सय २० रुपैयाँ पर्ने लाखमरीलाई दुई सय २० रुपैयाँमा बेचेको भेटिएको थियो । यस्तै विभागले सोमबार नै अन्य तीन वटा स्टोरलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गरेको छ । अमरावती खाद्य भण्डार कपनलाई दुई लाख, एमवीटी खाद्य सप्लायर्स कपनलाई एक लाख र जीएन स्टोर कपनलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । उनीहरुले बढी मूल्यमा बेच्ने, मुल्यसूची नराख्नेलगायतका कसुर गरेका थिए ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’