चितवन, २५ पुस : उद्योग वाणिज्य संघ चितवनको आयोजनामा १४औँ चितवन महोत्सव आजदेखि नारायणी नदी किनारमा सुरु हुँदै छ । महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यस पटक महोत्सव उद्घाटन अघि शोभा यात्रा ननिकालिने महोत्सव मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने छ ।





