नेपाल टी–ट्वान्टी : फाइनल प्रवेशका लागि जनकपुर र विराटनगर भिड्दै

काठमाडौं, २६ पुस : काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा मंगलबार जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स भिड्नेछन् । खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह १२ः३० बाट सुरु हुनेछ । आजको दोस्रो क्वालिफायर खेलको विजेताले फाइनलमा स्थान बनाउने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । विजेताले फाइनलमा लुम्बिनी अल स्टार्ससँग उपाधिको लागि खेल्नेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ रनले पराजित भएको जनकपुरका लागि फाइनल प्रवेशका लागि यो दोस्रो मौका हो । यता, विराटनगरले काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै जनकपुरसँगको भेट पक्का गरेको हो । यी दुईबीच यसअघि लिग चरणमा भेट हुँदा दुवै खेलमा जनकपुर विजयी भएको थियो । ६ टोली सहभागि प्रतियोगितामा सुरूदेखि नैं उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी फाइनलमा प्रवेश गरिसकेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी