गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै

काठमाडौं, २९ पुस :

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिनु हुने भएको छ ।

मुख्यमन्त्री अधिकारीले शुक्रबार दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका प्रवक्ता सिता सुन्दासले बताउनुभएको हो । ३३ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री अधिकारी यहि पुस २५ मा मुख्यमन्त्रीमानियुक्त हुनु भएको थियो ।

६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ । मुख्यमन्त्री अधिकारीलाई नेकपा एमालेका २२, नेकपा माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ ।

 

 

 

 

 

 

 

 

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै