पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं, १ माघ : पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती विमान दुर्घटना भएको हो ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यतीको एएनसी एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भएको हो ।

विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।

अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् । यद्यपी, घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै