स्वस्तिक नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ४३ जनाले गरे रक्तदान

चितवन, ३ माघ : चितवन जिल्लामा भएको रगतको अभाव पुरा गर्न स्वस्तिक नेपालले भरतपुर -११ मा रहेको धावन रिक्रिएशन परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

स्वस्तिक नेपालका सल्लाहकार एवम् समाजसेवी स्वर्गीय बुवा झलकमान सिंह अधिकारीको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वस्तिक नेपालका अध्यक्ष राजन अधिकारीले जानकारी दिए ।

कार्यक्रम मगंलबार बिहान ९ बजे देखि ११ सम्म गरिएको थियो । धावन रिक्रिएशन परिसरमा गरिएको कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदान भन्ने मुल नारा लाई आत्मसात गर्दै स्वस्तिक नेपालले यो रक्तदान कार्यक्रममा गरेको कार्यक्रम संयोजक हिरामान मर्हजनले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ३ का वडा सदस्य राम लोहनी, समाजसेवी सुदिप सिंह अधिकारी, सफल व्यवसायी गोपाल भट्टराई, प्रेस युनियनका केन्द्रिय सदस्य अर्जुन अधिकारी लगायत स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

वि.स २०६३ सालमा स्थापना भएको स्वस्तिक नेपालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा