उपसभामुखको निर्वाचन माघ ७ गते हुने

काठमाडौं, ५ माघ :

प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सो घोषणा गर्नुभएको हो ।

साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिनुभयो ।
आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ ।

उहाँको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गर्नुभयो । त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी हुनुभएको थियो ।

 

 

 

 

संबन्धित शिर्षकहरु

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै