नव नियुक्त सभामुख घिमिरेले आज पद तथा गोपनीयताको सपथ लिनुहुँदै

{"caption":"u0924u0938u094du092cu093fu0930 : u0905u0902u0917u0926 u0922u0915u093eu0932/u0907u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

काठमाडौं, ६ माघ :

नव नियुक्त प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ ग्रहण आज लिँदै हुनुहुन्छ । आज बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ ।

शपथ लिए लगत्तै उहाँ लैनचौरमा रहेको सहिद स्तम्भमा माल्यार्पण गर्न जाने कार्यक्रम छ । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उहाँले आजै पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभामा उपस्थित दुई सय ६८ सांसद मध्ये घिमिरेले एक सय ६७ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा एक सय मत परेको थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै