अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा

काठमाडौँ, १९ वैशाख :

अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले बताएको छ ।

कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्याधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय समुदायले तत्काल कुनै कदम नचाले अफगानिस्तानले अहिले भोक, रोग र मृत्युको आँधीको सामना गर्नु पर्ने सेभ द चिल्ड्रेनका प्रवक्ताले बताएका छन् ।

अफगानिस्तानको कुल जनसंख्याको एक तिहाइ बालबालिकाको संख्या छ । देशका ७३ लाख बालबालिका अहिले भोकमरीको संघारमा रहेको उल्लेख छ । संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानलाई भोकमरीको जोखिममा रहेको देशको सूचिमा राखेको थियो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विश्वका विभिन्द देशमा कोरोना भाइरसको महामारीसँगै भोकको महामारीको जोखिम रहेको भन्दै चेतावनी दिएको थियो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा