चितवन, १० माघ :
माघ १२ गते वसन्तपन्चमीदेखि फागुन १२ गतेसम्मनारायणी नदीकिनारमाहुनलागेको साङ्ग–बिराट्–श्रीगायत्रीकोटिहोम ज्ञानमहायज्ञकोप्रचारप्रसार गर्न मंगलबारमोटरसाइकल ¥यालीको आयोजनागरिएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेका बेलामोटरसाइकल ¥यालीले नारायणगढ र भरतपुरकाविभिन्न क्षेत्रको परिक्रमा गरेको हो । महायज्ञ स्थलबाट निस्किएको मोटरसाइकल ¥यालीपोखरा बसपार्कबाट क्षेत्रपुर हुँदै प्रहरी तालिम केन्द्र निस्किएर बाइपास सडक हुँदै मालपोत चोक–चौविसकोठी–त्रिचोक–धर्मचोक पुगेको थियो । त्यस्तै, त्यहाँबाट घुमेर बैकुण्ठ चोक–बेलचोक हुँदै आनन्दमार्ग–लायन्सचोक–शहिदचोक–पुलचोक भएर ¥याली महायज्ञ स्थलमापुगेको ¥याली संयोजकएवम् दशनामी समाजचितवनकाअध्यक्षजीवलाल पुरीले जानकारी दिए । ¥यालीमाकरिब सय वटा मोटरसाइकल सहभागीथिएभने एउटा जीपमामाइकिङ गरिएको थियो । महायज्ञको माघ १२ गते दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
शहरी विकास मन्त्रीविक्रम पाण्डेले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजकएवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्काअध्यक्ष प्रेमनिधिभारद्धाज कँडेलले जानकारी दिए । त्यसअघि साढे ११ बजे कलशयात्रानिकालिने उनले जानकारी दिए । महायज्ञको प्रमुखवाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञको लागि चरुसंकलनलाई पनितिव्रतादिइएको छ । महायज्ञस्थलनारायणी नदीकिनारमाहवन मण्डप र कुण्ड बनाउने कामअन्तिम चरणमा पुगेको छ । महायज्ञमाएक करोड ४९ लाख ८५ हजार बत्तिबालिने महायज्ञका प्रमुख वाचक पाण्डेयले बताए । योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवनगरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्तआयोजनामा ज्ञानमहायज्ञ हुनलागेको हो ।
सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलनजोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए । नेपाल सन्त समाजकाअध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीमहाराजको प्रमुख संरक्षकत्वतथा महामण्डलेश्वर आत्मानन्दगिरी, रमणानन्द गिरी, स्वामीजगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालकाप्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।





