समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

चितवन, १२ माघ : शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । “निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन”, मन्त्री पाण्डेले भन्नुभयो, “समस्या परेको खण्डमा सिधैँ हामीलाई भन्नुहोला ।” उहाँले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजनाको बारेमा पनि स्थलगत रुपमा जानकारी लिनुभएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिनुभएको थियो । – रासस

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा