बागमती प्रदेशसभाको बैठक २६ गते बस्ने गरी स्थगित

हेटौडा, २३ माघ :

बागमती प्रदेशसभाको आज अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवश माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही माघ २६ गते बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली लिएर आजै बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र साँझसम्ममा दोस्रो सर्वदलीय बैठक बस्न समयको अभावले गर्दा प्रदेशसभाको आजको पूर्ण बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका एक सय १० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ । रासस

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा