मधेश प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

जनकपुरधाम, २४ माघ : 

मधेश प्रदेशका नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री र राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश प्रमुखको सचिवालयमा आज आयोजित शपथग्रहण समारोहमा नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

सोही शपथग्रहण कार्यक्रममा नवनियुक्त राज्यमन्त्री रहबर अन्सारी प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।

मधेस सरकार गठन भएयता मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेसँगै मधेश प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ । मधेश प्रदेशमा पछिल्लो पटक नेकपा माओवादी केन्द्रबाट एक मन्त्री तथा एक राज्यमन्त्री सरकारमा प्रवेश गरेपछि सरकारले पूर्णता पाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा