जर्मन बुन्डेस लिगा फुटबल यसै महिनाबाट सुचारु हुने

काठमाडौं, २५ वैशाख :

कोरोना महामारीका कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल यसै महिनाबाट सुचालु हुने भएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले बुन्डेस लिगा यसै महिनाबाट सुचारु हुने पुष्टि गरेसंगै आज जर्मन फुटबल लिगले मिति घोषणा गर्ने बताईएको छ । तर, लिगका बाँकी खेल बन्द रंगशालामा दर्शक बिना खेलाइने छ ।

गत मार्चबाट जर्मनीको लिग स्थगित गरिएको थियो । कोरोना महामारी कम हुँदै गएपछि लिग फेरि गर्ने तयारी गरिएको हो । योसँगै महामारीका कारण स्थगित लिग सुचारु हुने बुन्डेस लिगा पहिलो लिग हुने भएको छ । यो सिजन ५५ अंक सहित वायर्न म्युनिख शीर्ष स्थानमा छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५१ अंक छ ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो