देउवाद्वारा सांसद भण्डारीको स्वास्थ्यस्थितिबारे जानकारी

काठमाडौँ, ४ फागुन :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बुधबार राति ग्यास सिलिण्डर पड्किएर सांसद चन्द्रको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।

अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उहाँको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै