‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा

dGtJo–snfsf/ sfsL{ sf7df8f}F, ( kmfu'g M ls OG6/6]Gd]6 tyf P8L l/lshsf] ;xsfo{df sd]8L ;f], d'G›]sf] sd]8L Snan] dËnaf/ cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf snfsf/ lk|o+sf sfsL{ cfˆgf] dGtJo /fVg' x'Fb} . tfl:a/ M ls/0f/fh lji6–/f;;

काठमाडौं, ९ फागुन :

हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिनु हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिनुभयो ।

यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आगामी चैत २ गतेदेखि सो कार्यक्रम प्रसारण हुनेछ । हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहनुहुनेछ ।

यसैगरी दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिा बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भूमिकामा देखिनुहुनेछ । कार्यक्रमको निर्देशन भने दिनेश डिसीले गर्नुहुनेछ । नयाँ स्वरुपमा कमेडी क्लबमा जोडिन पाउँदा आफूलाई खुसी लागेको भन्दै नायिका कार्कीले पत्रकार सम्मेलनमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले स्वच्छ हास्य व्यङ्ग्यमार्फत आम जनमानसलाई सुसूचित हुने अवसर प्रदान गर्न लागिएको बताउनुभयो । (रासस)

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै