एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

/fhLgfdf sf7df8f}F, !% kmfu'gM k|wfgdGqL k'iksdn bfxfn…k|r08ÚnfO{ ;f]daf/ afn'jf6f/df /fhLgfdf a'emfpFb} jt{dfg ;/sf/df g]skf -Pdfn]_sf tkm{af6 ;xefuL pkk|wfgdGqL tyf cy{dGqL lji0f'k|;fb kf}8]n;lxtsf dGqLx? . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं, १५ फागुन :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा ९एमाले०का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।

नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी हुनुहुन्थ्यो । यसअघि उक्त पार्टीको सचिवालयको आजको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो । (रासस)

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै