चिकित्सक संघको अध्यक्षमा लोचन कार्की निर्वाचित

काठमाडौं, २८ माघ :
नेपाल चिकित्सक संघको अध्यक्षमा लोचन कार्की निर्वाचित हुनुभएको छ । आज बिहान सार्वजनिक परिणाममा लोकतान्त्रिक समूहबाट चुनाव लडेका कार्की ४ हजार १११ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका पुष्पमणि खरालले १ हजार ९७९ मत प्राप्त गर्नुभयो ।

१३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५९५ मत ल्याइ विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी रक्षा श्रेष्ठले २ हजार २६२ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा ३ हजार ९४५ मतसहित अनिलविक्रम कार्कीले जितेका छन् । उनका प्रत्यासी रञ्जीतकुमार झाले १ हजार ९५४ मत ल्याउनुभयो ।

महासचिवमा भने बद्री रिजाल निर्वाचित भए । उनले २ हजार ४३१ मत पाए भने निकटतम प्रतिद्वन्द्वी मधुर बस्नेतले १ हजार ३७८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। कोषाध्यक्षमा ३ हजार २७८ मतसहित प्रकाश बुढाथोकीले जित हासिल गर्नुभएको छ भने उहाँका प्रत्यासी सञ्जीतकुमार साहले २ हजार ५७९ मत प्राप्त गर्नुभयो ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन