गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

पोखरा, १८ फागुन : 

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेबाट लागू हुने गरी हिउँदे अधिवेशन अन्त्य गरिएको हो ।

माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनमा १७ वटा बैठक बसेको छ भने ४ विधेयक र २ अध्यादेश पास भएको छ ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै