स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै

काठमाडौं, ५ जेठ :
अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाने भएको छ । विमान सोमबार बेलुका पौने ८ बजे चीनतर्फ प्रस्थान गर्नेछ । कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सामग्री ल्याउन विमान चीन जान लागेको नेपाली सेनाले जानकारी दिएको हो ।

जीटूजी मार्फत चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको थियो । सोही प्रक्रिया अन्तर्गत सामान ल्याउनका लागि सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जान लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको उनले बताएका छन् । विमान मंगलबार बिहान ६ बजे सामान लिएर फर्किने छ । यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा