स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै

काठमाडौं, ५ जेठ :
अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाने भएको छ । विमान सोमबार बेलुका पौने ८ बजे चीनतर्फ प्रस्थान गर्नेछ । कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सामग्री ल्याउन विमान चीन जान लागेको नेपाली सेनाले जानकारी दिएको हो ।

जीटूजी मार्फत चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको थियो । सोही प्रक्रिया अन्तर्गत सामान ल्याउनका लागि सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जान लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको उनले बताएका छन् । विमान मंगलबार बिहान ६ बजे सामान लिएर फर्किने छ । यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम