नालाको श्रीष्टीकान्ता लोकेश्वरको आज महास्नान

काठमाडौं, २४ फागुन :

काठमाण्डौ उपत्यकाका चार लोकेश्वर मध्ये काभ्रे नालाको श्रीष्टीकान्ता लोकेश्वरको आज महास्नान हुँदैछ । हरेक वर्ष चैत कृष्ण प्रतिपदाका दिन अर्थात् आजका दिन श्रीष्टीकान्ता लोकेश्वरको महास्नान गरिन्छ ।

आज हुने महास्नानको लागि हिजो विशेष पूजा गरेर देवताको प्राण मूर्तिबाट निकालेर कलशमा राखिएको छ ।भोलि मूर्तिलाई ममर्त सम्भार, रंगरोगन गरेर पर्सि श्रीष्टीकान्ता लोकेश्वरलाई नालाको विभिन्न ठाँउमा खटमा राखेर परिक्रमा गरेर जात्रा गरिनेछ ।

उपत्यकाका चार लोकेश्वरमध्ये नाला र काठमाण्डौको लोकेश्वर सेतो वर्णका छन् भने ललितपुर र चोभारका रातो वर्णका छन् ।

नालाको लोकेश्वरको जात्रा सकिएको १५ दिन पछि चोभारको आनन्दादी लोकेश्वरको महास्नान र जात्रा हुनेछ भने त्यस्को एक हप्तापछि काठमाण्डौको सेतो मच्छिन्द्रनाथको रथजात्रा हुनेछ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै