देशभर थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २४ फागुन :

देशभर थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४९२ जनाको नमूना परीक्षण गरिएको थियो ।

७३ जनाको पीसीआर र ४१९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने ४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै