उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै, भोली शपथ

काठमाडौं, ५ चैत :

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण प्रतिवेदन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
शुक्रबार सम्पन्न निर्वाचनबाट ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको थियो ।

नवनिर्वाचित उपराष्ट्रपति यादवले भोली विहान (सामेबार) १० बजे शितल निवाशमा सपथ लिने कार्यक्रम छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै