सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

काठमाडौं, २२ चैत : 

सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोलि बिहीबार सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो ।

यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ ।

कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्ति बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेलसहितको कार्यदलले तयार पारेको उक्त कार्यक्रम बिहीबार सार्वजनिक गर्ने तयारी छ ।

खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको नेता रमेश लेखकले बताउनुभयो । १० पेज लामो कार्यक्रमको मस्यौदा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । संयुक्त सरकारका प्राथमिकतामा ९ वटा प्राथमिकता समेटिएको छ ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै