‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाडौं, २८ चैत :

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको आठौँ चरण अन्तर्गत आज एउटा खेल एन्फा कम्प्लेक्स र अर्को खेल च्यासल मैदानमा दिउँसो दुई बजे सुरु हुनेछ ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । जावलाखेल ७ खेलमा १४ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मी समान खेलमा ९ अङ्कक साथ आठौँ स्थानमा छ ।

यस्तै, च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच खेल हुनेछ । मच्छिन्द्र ७ खेलमा ९ अङ्कका साथ नवौँ र खुमलटार ७ खेलमा ७ अङ्कका साथ दशौँ स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै