कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

काठमाडौं, १० जेठ :

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो ।

कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ः०० बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गर्नुभएको हो ।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम सबै सभा सदस्यलाई आजको बैठकका लागि जानकारी गराइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । (रासस)

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी